नेपाल आज गर या मरको अवस्थामा , आज कुवेतलाई र भोली सिंगापुरलाई पराजित गर्न सके विजेता बन्ने पक्का ।

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा शनिवार( आज)  कुवेतसंग खेल्दैछ। खेल नेपाली समय ७ :१५ बजे बिहान इन्डीएन एसोसीएसन मैदानमा सुरु हुनेछ। नेपाल आज गर या मरको अवस्थामा हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा कतारसंग पराजित भएको नेपालले दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको थियो। अंकतालिकामा २ खेलमा १ जित र १ हार पछि २ अंक सहित नेपाल तेश्रो स्थानमा रहेको छ।प्रतियोगितामा सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेली सकेपछि अंकतालिकामा उत्कृस्ट हुने १ टिम मात्र टि-२० विश्वकप अन्तिम छनौट खेल खेल्न पाउनेछ। टि-२० विश्वकप छनौट ११ अक्टोबर देखि नोभेम्बर ३ सम्म युएईमा खेलिनेछ।

एउटा टिम मात्रै छनौट हुने हुनाले अब नेपालले अंकतालिकामा उत्कृस्ट हुन २ खेल खेल्न बाँकी रहेको अवस्थामा दुवै खेल जित्नु पर्ने परिस्थिति भएको छ। मलेसिया, कतार र कुवेतको भने विजेता हुने सम्भावना समाप्त भइसकेको छ। नेपालले अब शनिबार ( आज )  कुवेतसंग र आइतबार ( भोली ) सिंगापुरसंग खेल्ने तालिका रहेको छ।

स्रोत – Wicketnepal

Leave a Reply

Scroll to Top
%d bloggers like this: