यसकारण रोकियो भद्रगोल

साउन ६, २०७६
काठमाडौं– नेपालमा सर्वाधिक रुचाइएको हास्य टेलिश्रृङखला भद्रगोलको नयाँ अंक प्रसारण नभएपछि दर्शकहरुमा निराशा छायो ।त्यसमा पनि २ श्रृङखला अभिनय गरी दर्शको मन जितेकी मुन्नीको प्रतिक्षामा रहेका दर्शकका लागि झनै प्रतिक्षाको घडी बनेको छ । भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कलाकारले भद्रगोल रोकिनुको कारण खुलाएका छन् ।

ुएकदुमेुको भूमिकामा अभिनय गर्ने कलाकार सुवोध गौतमले नयाँ आर्थिक वर्ष शुरू भएपछि नवीकरण लगायतका प्रक्रिया पूरा नभएकाले भद्रगोल रोकिएको सन्देश फेसबूकमा लेखेका छन् ।

नयाँ आर्थिक वर्षको शुरूवातसँगै भद्रगोल सर्जकहरू र मिडिया एजेन्सीबीचमा नयाँ सम्झौता गर्नुपर्ने भएको हुँदा नयाँ सम्झौता प्रक्रिया पूरा नहुञ्जेल केही हप्ता नयाँ भाग भद्रगोल प्रशारण हुन नसक्ने कुरा जानकारी गराउँदछौं । नयाँ सम्झौता प्रक्रिया पूरा हुनासाथ फेरि हामी नयाँ भाग लिएर आउने छौं । यसबाट दर्शक महानुभावमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । भद्रगोल परिवार ।ु गौतमले फेसबूकमा लेखेका छन् ।

पछिल्लो दुई श्रृंखलामा ुमुन्नीुको भूमिकामा देखिएकी प्रियना आचार्यलाई तेस्रो श्रृंखलामा देख्न पाइएला कि नपाइएला भनेर दर्शकहरू कौतुहल थिए । अब त्यो कौतुहलता अझै केही दिन रहने भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: