तनाव हटाउने उपाय

आजको आधुनिक मानिस अत्यधिक व्यस्त र तीव्र प्रतिस्पर्धात्मक जीवन जिइरहेको छ । जसले गर्दा अधिकांशलाई तनावले सताउने गर्छ । सामान्यतया तनावलाई मानसिक स्वास्थ्यसँग मात्रै जोडेर हेरेको पाइन्छ । यद्यपि, यो शारीरिक समस्या पनि हो । लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्दा आँखामा तनाव सिर्जना हुन्छ । काम धेरै गर्दा मेरुदण्ड र गर्दनमा तथा मांसपेशीमा पर्ने भारले समेत त्यहाँ तनाव सिर्जना हुन्छ । यस्ता तनाव समयमै व्यवस्थापन नगरेमा करिब ६० प्रतिशत मानिसमा टाउको दुख्ने समस्या हुने गर्छ । अब जानौँ, तनाव व्यस्थापन गर्ने उपाय:

खानपानमा ख्याल 
तनावले शारीरिक अवस्थासँग प्रत्यक्ष सम्बन्ध राख्छ । खाजा नखाई बिहानैदेखि काममा जाने, खाना समयमा नखाने तथा स्वस्थ खानेकुरा सेवन नगर्ने बानीले तनाव बढाइरहेको हुन्छ । जसले शारीरिक तथा मानसिक दुवैखाले असर पुर्‍यारहेको हुन्छ । त्यसैले, समयमा त्यसमा पनि स्वस्थ खाना खानुपर्छ । केरा, अमला, स्याउ, जौ, कुरिलो, दूधलगायत तनाव व्यवस्थापन गर्न सहयोग गर्ने खानेकुरा खान सकिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: