अस्ट्रेलियामा “नेपाल फेस्टिभल २०१८ सिड्नी”को अायोजना हुँदै

यहि अाउँदो २४ नोभेम्बर २०१८ का दिन एनअारएनए अस्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय समितिले नेपाली दुतावास, पर्यटन बोर्ड र अन्य नेपाली संघ संस्थाको साथमा “पर्यावरण मैत्री नेपाल फेस्टिभल २०१८ सिड्नी”को अायोजना गर्ने भएको छ । एमडी मल्टिडाइनामिक यस कार्यक्रमको इभेन्ट पार्टनर रहेको छ भने अन्य थुप्रै संघ संस्थाहरूले विभिन्न विधामा सहयोग गरेका छन् ।

नेपाली खाना, साँस्कृतिक परेड, नेपाली भेषभुषा, दिनभर लगातार मनोरन्ज लगायतका सामाग्रीहरू यस कार्यक्रमको मुख्य अाकर्षण रहेको छ । कार्यक्रममा नेपालका चर्चित गायक गायीका तथा कलाकारहरूको पनि उपस्थिति रहने छ । कार्यक्रममा तृष्णा गुरूङ, राजेस पायल रार्इ, अाँचल शर्मा, शिभ हमाल, पशुपति शर्मा, विश्व नेपाली लगायतको उपस्थिति रहने छ ।

कार्यक्रम टुम्बालङ पार्क, डार्लिङ हार्वरमा अायोजना हुने एनअारएनए अस्ट्रेलियाले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: