काखीकाे गन्ध हटाउने सरल घरेलु उपाय

गर्मी मौसममा पसिनाका कारणले शरीर गनाउने समस्या सबैलाई हुन्छ । यसका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । बजारमा पाइने विभिन्न बास्नादार सेन्टहरु प्रयोग गरेतापनि मानिसहरुले यो समस्याबाट मुक्ति पाएका छैनन् । यसैकारण यस्ता दुर्गन्धलाई सधैँका लागि हटाउन विभिन्न घरेलु उपायहरु अपनाउन सकिन्छ ।

फिट्किरी

शरीरको गन्ध हटाउनमा फिट्किरी सबैभन्दा उपयोगी मानिने गर्छ । यसमा पाइने एन्टिब्याक्टेरियल गुणले गन्ध फैलाउने ब्याक्टेरियाहरुलाई नष्ट गर्न सक्छ । त्यसैले दैनिक फिट्किरीलाई दुई मिनेटसम्म पानीमा डुबाएर राख्ने अनि त्यो पानीले आफ्नो काखी सफा गर्ने हो भने तपाईले यसको केही दिनमै यसको सकारात्मक परिणाम पाउन सक्नुहुनेछ । नत्र फिट्किरीको टुक्रालाई नै सिधै काखीमा दलेर पनि गन्धबाट राहत पाउन सकिन्छ ।

बेबी पाउडर

शरीरको गन्धलाई कम गराउन बेबी पाउडर पनि निकै लाभदायी छ । आफ्नो काखीमुनि बेबी पाउडर छर्किएर दैनिक लगाउने हो भने यसले पनि तपाईको धेरै मद्दत गर्नेछ ।

बेकिङ सोडा

बेकिङ सोडाले सजिलै शरीरको गन्धलाई कम गराउन सक्छ । एक चम्चा कागतीको रस र एक चम्चा बेकिङ सोडा मिसाएर काखी मुनि लगाउने अनि ५ मिनेटसम्म राखेर पानीले धुने हो भने पनि धेरै राहत पाउन सकिन्छ । यो तरिका निरन्तर अपनाउने हो भने हामीले शरीरको गन्ध पूर्ण रुपमा सधैँका लागि हटाउन सक्छौँ ।

गुलाब जल

गुलाब जलले पनि शरीरको गन्ध कम गराउन सक्छ । नुहाएपछि काखीमुनि गुलाबजलले सफा गर्ने हो भने तपाईले शरीरको दुर्गन्धबाट तुरुन्तै राहत पाउन सक्नुहुनेछ ।

कागती

कागतीमा पनि एन्टिब्याक्टेरियल गुण प्रशस्त मात्रामा हुने भएकाले पनि कागती धेरै महत्वपूर्ण छ । कागतीलाई टुक्रा पारेर दैनिक काखीमुनि लगाउने हो भने यसले त्यहाँ पसिनाका कारण उत्पन्न हुने सबै ब्याक्टेरियाहरु नष्ट गरिदिन्छ । त्यसैले दुर्गन्ध हटाउन कागतीको दैनिक उपयोग गर्नुपर्छ । यसको अर्को फाइदा भनेको काखी मुनिको कालोलाई पनि यसले हल्का गराउन मद्दत गर्छ ।

टमाटर

टमाटरलाई दुई टुक्रा पारेर त्यसको भित्रको गुदिलाई १५ मिनेटसम्म काखी मुनि लगाउने हो भने तपाईको शरीरबाट आउने दुर्गन्धबाट सजिलै राहत पाउन सकिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: