पारसकाे शतकमा नेपालले जित्याे पहिलाे एकदिवसीय सिरिजकाे उपाधि

पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ। अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको हो। यसअघि भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो।

नेपालको जितमा पारस नायक रहे। उनले तेस्राे तथा अन्तिम खेलमा सर्वाधिक १ सय १५ रन बनाए। उनले १ सय ९ बलको सामना गर्दै १५ चौका १ छक्काको मद्दतमा १ सय १५ रन जोडेका हुन्। खड्का एकदिवसीय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो ब्याट्सम्यान समेत भएका छन्। उनले नेदरल्याण्ड्स विरुद्धको खेलमा ५१ रन बनाएका थिए। यस्तै उनी एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्।

खड्का कदिर अहमदको बलमा एलबिडब्लु आउट भए। ओपनिङ व्याट्सम्यानका रुपमा आएका विनोद भण्डारी ९ रनमा आउट भएपछि उनले नेपालको पारी सम्हालेका थिए। यसअघि सन् २०१८ मा युएईसँगै भएको  डिभिजन-२ को फाइनलमा समेत पारसले शतक प्रहार गरेका थिए। उनले उक्त खेलमा ११२ रन बनाएका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ तथा साेमपाल कामिले अविजित २६ रन बनाए। nagariknews.com

Leave a Reply

Scroll to Top
%d bloggers like this: