आजदेखि पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

वैशाख १३ । कोरोना भाइरसको संक्रमणका कारण सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी०को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा। खगराज अधिकारीले जानकारी दिनुभयो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: