कोरोनाविरुद्धको १० लाख खोप आज काठमाण्डौ आइपुग्ने

माघ ८ । नेपालमा आज भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाण्डौ आइपुग्ने भएको छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ ।

एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले खोप हस्तान्तरण गर्नु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेका प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीनवटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: