अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन, लिए शपथ

माघ ८ । जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित सँगै शपथ ग्रहण गर्नुभएको छ ।
डेमोक्रेट नेता बाइडेनले हिजो राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा राष्ट्रपतिको शपथ लिनुभएको हो ।

१२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिनुभएका ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बन्नुभएको छ ।

कडा सुरक्षाबीच सम्पन्न शपथ समारोह, बाइडनसँग पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बहिष्कार गर्नुभयो ।

ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी हुनुभयो । ट्रम्पलाई भने शपथ समारोह हुनु केही घण्टा पहिले बिदाई गरिएको थियो ।

यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिनुभयो । ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला बनेर इतिहास रच्नुभएको छ ।

गत नोभेम्बर ३ मा सम्पन्न निकै विवादित निर्वाचनमा ऐतिहासिक मतका साथ बाइडेनले बहालवाला राष्ट्रपति ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गर्नुभएको हो ।

इलेक्टोरल र लोकप्रिय दुबै मतबाट पराजीत ट्रम्पले भने हार अस्वीकार गर्दै आफ्ना अन्ध समर्थकहरुलाई संसद भवनमा हिंसात्मक आक्रमण गर्न उक्साएपछि ह्वाइटहाउसबाट बाहिरिँदै गर्दा निकै आलोचित बन्नुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: