अष्ट्रेलियमा ओसेनिया विज्ञ सम्मेलन हुँदै

अष्ट्रेलियको सिड्नीमा ओसेनिया विज्ञ सम्मेलन हुने भएको छ । सम्मेलन आगामी सेप्टेम्बर १५ मा हुँदै छ । गैरआवासीय नेपाली संघ एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् । ओसेनिया क्षेत्रमा रहेका विभिन्न देशका नेपाली विज्ञहरुलाई नेपालको विकास र सम्बृद्धिमा कसरी उपयोग गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित हुनेछ ।

कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले नेपालमा आगामी अक्टोबर १३ र १४ मा हुन लागेको विश्व विज्ञ सम्मेलनको तयारीका रुपमा कार्यक्रमलाई लिन आग्रह गरेका थिए । यस पटकको सम्मेलनमा कृषि तथा खाद्य सुरक्षा, पूर्वाधार विकास तथा रेल्वे, गुरुंग मार्ग, स्वास्थ्य शिक्षा जस्ता विषय समेटिएको छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति एनआरएन ओसेनिया क्षेत्रीय युवा संयोजक ऋषि आचार्यले पढेर सुनाएका थिए । आचार्यले विदेशमा सिकेको शिप स्वदेशमा उपयोग गर्न सम्मेलनले महत्वपूर्ण पाइला बन्ने अपेक्षा गरिएको बताए ।

उक्त पत्रकार सम्मेलनमा एनआरएन आईसीसी सदस्यहरु दिनेश जोशी, होम पाण्डे, जानकी पौडेल, दिपक भट्टराई, बबिता श्रेष्ठ, उषा बारिया पोखरेल लगायतको उपस्थिति थियो । स्की परियोजना अन्तर्गत नेपालको सडक सुरक्षा, कृषि लगायतका क्षेत्रमा यसअघि विभिन्न परियोजना सञ्चालित छन् । यस पटक काठमाडौंमा विश्व विज्ञ सम्मेलन गर्दै नेपालमा ज्ञानलाई कसरी प्रयोग गर्न सकिन्छ र देशको सम्बृद्धिमा योगदान दिन सकिन्छ भन्ने विषयमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । समाचार र फोटो एमएनटीभी

Leave a Reply

Scroll to Top
%d bloggers like this: