ई–प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ हुँदै

काठमाडौं । सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी अष्ट्रेिलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको ई–प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ ।

बागबजार काठमाडौंमा रहेका आफ्नै कार्यालयमा आयोजना गर्न लागिएको फेयरमा अष्ट्रेलियका पैंतिस वटा कलेज तथा विश्वविद्यालयहरुको सहभागिता रहने रहने ई—प्लानेटले जनाएको छ ।

ई—प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानेका अनुसार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ मा अष्ट्रेलियाका युनिभर्सिटी अफ टेक्नोलोजि सिड्नी, ल्याट्रोब युनिभर्सिटी अष्ट्रेलिया, युनिभर्सिटी अफ ओलोङ्गोङ अष्ट्रेलिया, चाल्र्स स्टर्ट युनिभर्सिटी, स्टडी सेन्टर, फेड्रेसन युनिभर्सिटी अष्ट्रेलिया, साउर्थन क्रस युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, युटियस इन्सर्च युनिभर्सिटी, न्याभिटास, एक्सेल्सीया कलेज, आइसिएचएम, द होटल स्कुल, मेलवर्न ईन्टिच्यूट अफ टेक्नोलोजी लगायतका प्रतिष्ठत कलेज तथा विश्वविद्यालयहरुको सहभागिता रहनेछ ।

फेयरमा अष्ट्रेलिया स्थित सम्वन्धित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको पनि उपस्थित रहने ई—प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानको भनाई छ । ‘फेयर मार्फत विद्यार्थीहरुलाई एउटै थलोबाट यथेष्ट शैक्षिक जानकारी प्रदान गर्नुसँगसँगै सम्वन्धित शैक्षिक सँस्थाका प्रतिनिधिहरु मार्फत फस्ट हेन्ड ईन्फरमेसन प्राप्त हुने’ लामिछाने बताए ।

फेयरमा सहभागिता जनाउने विद्यार्थीहरुले विभिन्न सेवा र सुविधाहरु प्राप्त गर्न सक्ने ई—प्लानेटले जनाएको छ । पोखरा, बुटवल र चितवन तथा अष्ट्रेलिया स्थित सिड्नी, पर्थ, मेलवर्न र एडिलेडमा समेत शाखा कार्यालयहरु स्थापना गरेर अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि सेवा प्रदान गर्दै आइरहेको ई—प्लानेटले आयोजना गर्न गइरहेको फेयर विहान १० बजे बाट साँझ ५ बजेसम्म सञ्चालित हुनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: