जापानको टोक्यो डोममा सम्पन्न बक्सिङमा नेपालका प्रचण्ड केसी विजय , केसीद्वारा २ राउण्डमा नकआउट प्रहार ।( फोटो फिचर )

जापान (टोकियो ) अगस्त १० –  जापानमा पछिल्लो समय नेपालीले बक्सिङमा राम्रो प्रगति गर्दै गैरहेका छन । हिजो टोक्यो डोममा सम्पन्न ‘होपफुल फ़ाइट’ नामक बक्सिङ प्रतियोगीतामा नेपालका प्रचण्ड केसीले विजय प्राप्त गरेका छन । केसीले ५३ किलो स्तरीय बक्सिङमा २ राउण्डमा नकआऊट प्रहार गरि जित निकालेका थिए ।

केसीको प्रतिस्पर्धीको रूपमा मारूयामा सुन्पेई रहेका थिए । पछिल्लो समय नयाँ बक्सरको रूपमा जापानमा उदाएका केसी आफ्ना प्रतियोगिताहरूमा विजय प्राप्त गर्दै ग़ैरहेका छन ।

 

नेपालीक़ो सान उचो पार्न सफल केसीलाई हाम्रो तर्फबाट बधाई तथा आगामी यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: