संसदीय समितिमा बोल्दाबोल्दै रोए योगेश, माधव नेपाल पनि भावुक

१९ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई मन्त्री भएपछि पहिलो पटक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भए ।

समितिमा सांसदहरुले बधाइ दिइसकेपछि बोल्ने क्रममा उनी भावुक बने । उनको गला अवरुद्ध भयो ।

२०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको स्मरण गर्दा भट्टराई भावुक बनेका थिए । त्यसबेला डाक्टरले नै माया मारिसकेको तर, आफू निको फर्कन सफल भएको उनले बताए । अस्पतालमा रहँदा पुर्वप्रधानमन्त्री नेपाल आएर सुम्सुम्याएको बताउँदा उनको गला अवरुद्ध भयो ।

त्यसअघि बोलेका पूर्व प्रधानमन्त्री नेपालले भट्टराईलाई पर्यटन मन्त्रालयले गर्नुपने कामबारे सुझाव दिएका थिए ।

पूर्वप्रधानमन्त्रीका सुझाव आफ्ना लागि मार्गदर्शन हुने भट्टराईले उल्लेख गरे । भट्टराईको गला अवरुद्ध भएपछि नेता नेपाल पनि भावुक बनेका थिए । मन्त्री भट्टराईले युरोपियन युनियनको कालो सुचीबाट नेपाललाई पार गराउन समितिको सहयोगको अपेक्षा गरे ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: