नेशनलाई नेपाल आइडलमा जिताउन भोट गर्न अपिल

बेनी, २५ माघ । एपीवान टेलीभिजनबाट प्रशारण हुने रियालीटी सो नेपाल आईडल सिजन – ३ को उत्कृष्ट दश (टप टेन) बन्न सफल भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेसन बुद्धुजा (पुन)लाई जिताउन भोट गरिदिन परिवारका सदस्य र आफन्तले अपिल गरेका छन् ।

लिङ्कन कलेजमा स्नातक तहमा अध्ययनरत गायक नेशन बुद्धुजा चित्रेका यामबहादुर र ममिला बुद्धुजाका छोरा हुन् । पोखराको रानीपौवा स्थित गोजीजू सारेगम संगित विद्यालयबाट संगित सम्बन्धी ज्ञान आर्जन गरेका नेशन सानै उमेरदेखि गित संगितमा रुची राख्थे ।

नेशन पुनका लागि भोट गर्न शुक्रबार राती ८.३० बजेदेखि सोमबार दिउँसो १२ बजेभित्र जुनसुकै मोवाइलबाट पनि म्यासेज बक्समा गै NIO8 टाईप गरी ३७००० मा म्यासेज गर्न सकिने नेशन जिताउ अभियानका संयोजक नारायण पुनले बताउनुभयो ।

म्योसज गर्न अप्ठ्यारो भए १६६७७०८ नम्बरमा फोन गरेपनि सोझै भोट हुने उहाँले बताउनुभयो । नेपाल बाहिर भारतबाट भेडाफोनबाट ५३०१०मा कतारबाट ओरिडोको फोनबाट ९२३००मा, मलेसियाबाट अल टेलिकसबाट ३३३१० मा म्यासेज गरी वा इन्टरनेट चलाउनेले Respect And Rise एप डाउनलोड गरी भोट गर्न सकिन्छ ।

नेशनका बुवा याम बुद्धुजाले छोरालाई भोट गरेर नेपाल आइडल सिजन ३ मा जिताउन अपिल गर्नुभएको छ । भोटको आधारमा निर्णय हुने भएकाले सहयोगका लागि उहाँले अपिल गर्नुभयो । नेशनका बुवा यामले बेनी देखि पोखरेबगर हुदै चित्रे जोड्ने सडकमा गाडी चलाउनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: