मोना स्पेनको अध्यक्षमा लक्ष्मण केसी

मोना स्पेनको चौथो अधिवेशनबाट लक्ष्मण केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । यूरोपेली मुलुक स्पेनमा बसोबास गर्ने म्याग्देलीका साझा संस्थाको उपाध्यक्षमा दिल नेपाली, अयन्द्र तुलाचन, महासचिव रामु सापकोटा, सचिब बिमल खड्का, कोषाध्यक्ष पदम पुन, सहकोषाध्यक्ष सुरेश चोखाल रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यमा मेख गर्बुजा, मिना रोका, मनिषा आलेमगर र अनिश बानियाँ रहेका छन् ।

अधिवेशनको उद्घाटन गदैं मोना आइसी सदस्य दिनेश बानियाँले स्पेनमा रहेका म्याग्देली बीचको एकता, सहकार्यसंगै विभिन्न जिल्लाबाट आएका नेपालीको सहयोगमा आफ्नै जिल्लामा शिक्षा,स्वास्थ्य लगाएत सामाजिक कार्यमा सहयोग गर्नुपर्ने बताए ।
सोही अवसरमा पूर्व अध्यक्ष खगेन्द्र बुढाथोकी, शान्त बहादुर क्षेत्रीले म्याग्देलीको संस्था स्थापना भएपछि थुप्रै सामाजिक कार्य सहित गतिविधि गरिएको बताउँदै भविस्यमा पनि निरन्तर सहयोगको प्रतिबद्धता जनाएका थिए । अधिवेशनमा महासचिव चन्द्र शाहीले प्रगति, कोषाध्यक्ष दिल शाहीले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

स्पेनमा छरिएर रहेका म्याग्देलीको तथ्याङ्क संकलन गरी संस्थागत गतिविधिमा सहभागीता सहित विविध कार्यलाई समेत अगाडी बढाउनुपर्नेमा जोड दिइएको थियो । अधिवेशनका अध्यक्षता टप्पन रोका, स्वागत उपाध्यक्ष रविन पुन र सञ्चालन महासचिव चन्द्र शाहीले गरेका थिए । नयाँ कार्यसमितिलाई निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको थियो । सोही अवसरमा नवनिर्वाचन अध्यक्ष केसीले स्पेनमा रहेका म्याग्देलीको वास्तविक तथ्याङ्क संकलन गरी संस्थागत गतिविधिमा सहभागिताको वातावरण बनाउँदै काम गर्ने बताए । उनले मोनामा आवद्ध हुन समेत अनुरोध गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: