PNYC र जनउद्धार केन्द्र लभलेन सम्पर्क समिती को कार्यक्रम भब्य रुपमा सम्पन्न

पेनाङ्ग नेपाल युवा क्लब ले भलिबल प्रतियोगिता र “जनउद्धार केन्द्र लभलेन सम्पर्क समिती” ले भाग्यसाली उपहार कुपन साथै उद्धार केन्द्र को लागि बनाइएको गीत बिमोचन कार्यक्रम पेनाङ्ग को लिपसिङ्ग भन्ने ठाउमा भब्यता का साथ सम्पन्न भएको छ।।

PNYC का अध्यक्ष प्रीतम थापा सभापति रहेको उक्त कार्यक्रम मा जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा प्रमुख अतिथी , वरिष्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ ,सचिब शंकर देब आचार्य , कमल खड्का बालकृष्ण भन्डारी लगाएत उल्लेख्य ब्यक्तित्त्व हरु अतिथी रहनुभएको थियो , कार्यक्रम मा बोल्दै अतिथी शंकर देव आचार्य ले आजको दिन अत्यन्तै रमाइलो रहेको र सम्पुर्ण खेलाडी हरुलाई शुभकामना दिदै गर्मीमा आफ्नो स्वास्थ को ख्याल गरि संयमित र अनुसाशित भएर खेल खेल्न अनुरोध गर्दै, हिजोसम्म जनउद्धार अभियान मार्फत सबौको मन मनमा बसेको र आजबाट त झन संस्थाले आफ्नै गीत पाएको ले म्युजिक को माध्यम बाट पनि अब सबै नेपाली श्रमिक लाई तरंगित गर्न सकिने कुरा बताएका थिए । साथै उनले उद्धार गीत का रचनाकार प्रीतम थापा , स्वर/ संगीत अर्जुन थापालाई धन्यवाद त उत्तरोत्तर प्रगती को शुभकामना पनि दिए ।

भलिबल प्रतियोगिता मा विभिन्न संघसंस्था , समूह र क्लब हरुबाट गरि जम्मा १४ समुहको सहभागिता रहेकोथियो, तीन चरण मा बिभाजन गरिएको कार्यक्रम प्रहिलो चरणमा लभलेन सम्पर्क समिति द्वारा बनाइएको उद्धार गीत बिमोचन तथा हस्तान्तरण भएको थियो केशु थापाले रिबन काटेर बिमोचन गरेको गीत लभलेन का सम्पुर्ण सदस्य ले केन्द्रिय कमिटी लाई हस्तान्तरण गरेका थिए ।।

प्रमुख अतिथी रहेका केशु थापा ले बल सर्भिस गरेर सुरु भएको भलिबल प्रतियोगिता अतिनै रोमान्चक र प्रतिस्पर्धात्मक तरिका बाट साँझ ६ बजे सम्म चलेको थियो त बाँकी रहेको खेल भोलिपल्ट बिहान् ८ बजेबाट सुरु गरिने कुरा प्रीतम थापाले जानकारी गराएका छन।।

तेस्रो चरणमा भाग्यसाली उपहार खोलिएको थियो जनउद्धार केन्द्र को सहयोगार्थ संचालित चिट्ठा कार्यक्रम मा प्रथम उपहार LED टेलिभिजन सहित विभिन्न १० पुरस्कार रहेका थिए जस अन्तर्गत
प्रथम = कुपन नं, 1396
द्धितिय= 1707
त्रीतिय= 1232
चौथो = 2070
पाचौं = 1186
छैटौं = 1874
सातौ= 1411
आठौ= 1350
नवौं = 1409
दशौं= 1891

माथी उल्लेखित कुपन नंम्बर भएका साथीहरू ले आफ्नो पुरस्कार लिन बालकृष्ण भण्डारी को फोन नं, 01130896850 मा सम्पर्क गर्न सक्नुहुनेछ ।।।

Leave a Reply

Scroll to Top
%d bloggers like this: