मोना कोरियाको अध्यक्षमा केसी

बेनी, ११ माघ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको शनिबार सम्पन्न १३ औं अधिवेशनबाट सुनेश केसीको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ ।

बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्यक्षमा सिमा पुन, उपाध्यक्षमा गंगाराज बानियाँ, उपाध्यक्षमा कुशल पुन, मिन कार्की, गोविन्द बानियाँ, महासचिवमा सुमन पौडेल, सचिवमा मनिष गौचन र सनम शाक्य, कोषाध्यक्षमा रत्न पौडेल र सहकोषाध्यक्षमा रिम भण्डारी चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा विकास केसी, गोमा पुन, कविता पुन, कुमार केसी, भगवान चोखाल, बिद्या शर्मा, दिक्षा गर्वुजा, रमेश कार्की र भावना पुन चयन हुनुभएको मोनाले जनाएको छ ।

अधिवेशनको उद्घाटन गर्नुहुदै मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले मोनामार्फत विश्वभर रहेका म्याग्देलीहरुको एकता र सहकार्यको अभियानलाई तिब्रता दिएको बताउँदै एनसीसीमार्फत रचनात्मक कार्यहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

त्यस्तै बिशिष्ट अतिथि मोना कोरियाका संरक्षक विनोद कुँवर, मोना अन्तराष्ट्रियका महासचिव विक्रम कार्की, मोना आइसीका एशिया संयोजक दधीवल खड्का, मोना कतारका अध्यक्ष तिलु शर्मा, मोना जापानका पूर्व अध्यक्ष महेन्द्र बानियाँ लगायतको उपस्थिती रहेको थियो । नवनिर्वाचत अध्यक्ष केसीले मोनामार्फत आफ्नो कार्यकालमा रचनात्मक कार्यलाई प्राथमिकता दिने बताउनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: