वडामा कांग्रेसको नयाँ संरचना अनुसारको कार्यसमिति गठन

बेनी, ४ मंसिर । नेपाली कांग्रेस म्याग्दीले राज्यको पुन संरचना अनुसार वडा स्तरमा संगठन निर्माण सुरु गरेको छ ।

नगरपालिका र गाउँपालिकाको वडा स्तरको समिति गठन गर्न थालिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । यसअघि तत्कालीन गाविसमा गाउँ इकाई समिति थिए । नयाँ अनुसार तत्कालीन गाउँ इकाई समितिलाई वडा समितिमा रुपान्तरण गर्न थालेको हो ।

प्रदेशसभा क्षेत्र (क) अन्तरगत बेनी नगरपालिका–५ पुलाचौरमा जिल्ला उपसभापति तथा प्रदेश सभा क्षेत्र क का सभापति माधवप्रसाद रेग्मी र केन्द्रीय प्रतिनिधि डण्डपाणी पराजुलीको उपस्थितिमा भएको कार्यकर्ता भेलाले तेजप्रकाश बानियाको सभापतित्वमा वडा समिति गठन गरेको हो ।

समितिको उपसभापतिमा इन्द्रप्रसाद श्रेष्ठ र नविन बानिया, सचिवमा गणेशबहादुर कार्की र यज्ञदत्त पौडेल, कोषाध्यक्षमा शान्ति शर्मा र मिना शाही तथा सहसचिवमा होमबहादुर खत्री चयन हुनुभएको छ ।

सदस्यहरुमा नरबहादुर बिक, सञ्जय कुवर, बेलबहादुर पुन, सचिन दर्जी, मुकुन्दप्रसाद पौडेल, ज्ञानेन्द्र बानिया, हरि पौडेल, आरती बिक, बागबिर दर्जी, धनबहादुर दर्जी र गंगादत्त पौडेल चयन हुनुभएको छ ।

नवगठित कार्यसमितिलाई जिल्ला उपसभापति रेग्मीले जनताको भलाई र प्रजान्त्रको रक्षाका लागि सक्रिय हुन निर्देशन दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: