पोखरेबगरमा कर सम्बन्धी अन्तरक्रिया

पोखरेबगर, ३ मंसिर । आठौ कर दिवसको अवसरमा मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यवसायी र जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरको प्रमुख आतिथ्यता र कर अधिकृत वुद्धीप्रसाद आचार्यले सहजिकरण गर्नुभएको थियो । इकाईका सभापति दशरथ कर्माचार्यको अध्यक्षता र सदस्य आत्मा तुलाचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, महासचिव लीलाराम गौतम, वडा अध्यक्ष दिलीप गर्बुजा, ओम फगामी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । १२० जना भन्दा बढी व्यवसायीहरुको सहभागिता थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: