विद्यालयलाई कम्प्युटर सहयोग

धिरन खत्री
बेनी, २ मंसिर । रघुगंगा गाउँपालिका–२ स्थित अन्नपुर्ण आधारभूत विद्यालयलाई स्थानीय राज गिरिले कम्प्युटर सहयोग गर्नुभएको छ ।

दुईथान कम्युटर, नगद १० हजार रुपैया सहित विद्यार्थीलाई खाजा सहयोग गर्नुभएका गिरिलाई सोमबार विद्यालयमा सम्मान गरिएको छ ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष करण (अर्जुन) भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ डेकबहादुर भण्डारी, अभिभावक र विद्यार्थीहरुले सहयोगदाता गिरि र बाल गायिका निसा भण्डारीलाई सम्मान गरेका थिए ।

गिरिले विद्यालयलाई यस अघि हिमालयन प्रोजेक्टमार्फत ५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो । उहाँले आगामी दिनमा विद्यालयको शिक्षालाई ब्यवहारिक र प्रविधिमैत्री रुपमा अघि बढाउन आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रममा शिक्षक सिमा खत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो । २०२४ सालमा स्थापना भएको स्कूललाई भौतिक पुर्वाधारसंगै प्राविधिक रुपमा कम्युटर कक्षा सञ्चालन गर्ने योजना रहेको ब्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताए ।

६० जना अध्ययनरत विद्यालयमा विद्यार्थीलाई विद्यालयले दिवा खाजाको समेत ब्यवस्था गरेको छ । शिक्षक गंगा भण्डारीको संचालन, दिर्घदत्त सुवेदी र सिमा खत्रीको मन्तब्य रहेको कार्यक्रममा विद्यार्थीहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: