विद्यार्थीलाई शैक्षिक सामग्री सहितको झोला वितरण

रुम, २ मंसिर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय माविका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको छ ।

१–५ तहमा अध्ययन गर्ने गरिब, विपन्न र जेहेन्दार १०० जना विद्यार्थीहरुलाई कापी, पेन्सील, चित्रकलामा प्रयोग हुने किटबक्स र रंग सहित एक÷एक वटा झोला वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले झोला वितरण गर्नुभएको थियो ।

विद्यालयका प्रअ प्रेम घर्तीको अध्यक्षता, शिक्षक ईश्वर शर्माको सञ्चालन र व्यवस्थापन समितिका सदस्य तारा रोकाको स्वागत मन्तब्यमा भएको कार्यक्रममा पूर्व विद्यार्थी तथा बेनी सामुदायिक माविका शिक्षक भिम घर्तीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

भोला वितरणपछि मन्तब्य व्यक्त गर्ने क्रममा जिसस प्रमुख केसीले राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा निर्माणाधिन चार कोठे भवन योजनालाई छिटो सम्पन्न गराउन विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको थियो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा म्याग्दीका १५ वटा सामुदायिक विद्यालयका एक हजार जना भन्दा बढी विद्यार्थीहरुलाई द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालले झोला वितरण गरेको मन्त्री थापाको निजी सचिवालयका सदस्य गम पुनले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको ज्ञान प्रकाश मावि दानाका २५९, काफलडाँडा आधारभूत विद्यालयका ५५, देउराली आधारभूतका २६ र कैलाश माविका ९९ जना विद्यार्थीले सहयोग पाएका छनन् । यस्तै मालिका गाउँपालिकाको सिद्ध आधारभूत विद्यालयका २८ र राष्ट्रिय माविका १०० जनालाई वितरण गरिएको छ ।

मंगला गाउँपालिकाको जनआदर्श आधारभूत विद्यालयका १५, प्रभात आधारभूतका ५१, ज्ञानोदय आधारभूतका ८२, जनता आधारभूतका १६, बालोदय आधारभूतका ७९, जानकी आधारभूतका ३८ र प्रगति आधारभूतका ६८, अरनीको आधारभूतका ५९, जनआवाज आधारभूतका ७१ जनालाई शैक्षिक सामग्री वितरण गरिएको पुनले जानकारी दिनुभयो । गरिब विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउन सहयोग गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: