प्रकाश माविका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड सहयोग

बेनी, १ मंसिर । बेनीका एक व्यवसायीले आफ्नो छोराको जन्मदिनको अवसरमा प्रकाश माध्यमिक विद्यालयलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्नुभएको छ । बेनीको गणेशटोलमा रहेको सुसन इम्पोरियमका सञ्चालक सुवर्ण रिजालले छोरा सोहनको जन्मदिनको अवसरमा १५० थान सनेटरी प्याड उपलब्ध गराउनुभएको हो ।

आईतवार विद्यालयमा आयोजित एक कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका सचिब समेत रहनुभएका रिजालले विद्यालयका प्रधानध्यापक हरिकृष्ण सुवेदी मार्फत विद्यालयका छात्रा र शिक्षिकाहरुलाई सेनेटरी प्याड वितरण गर्नुभएको थियो । महिनावारीको समयमा पनि छात्राहरु नियमित विद्यालय आएर पढ्ने वातावरण बनोस भन्ने उद्देश्यले सहयोग गरेको रिजालले बताउनुभयो ।

स्काइवे हाईजेनिक प्रोडक्टले बजारमा ल्याएको सेक्योर सेनेटरी प्याडको गण्डकी प्रदेशको आधिकारीक वितरक समेत रिजाल सञ्चालक रहनुभएको सुसन इम्पोरियम रहेको छ । सो प्याडको प्रचार प्रसारमा समेत सघाउ पु¥याउने भएकाले बेनीको प्रकाश मावि र मंगला गाउँपालिका–२ बावियाचौरको मंगला माविमा १५० थानका दरले निःशुल्क प्याड वितरण गरिएको रिजालले बताउनुभयो ।

झापामा उद्योग रहेको स्काईवे हाईजेनिक प्रोडक्टले प्याड संगै डाइपर,बेवी वेयभ्स, नेप्कीन पेपर,यडल डाईपर लगायतका सामाग्री उत्पादन गर्दै आएको छ । विद्यालयका शिक्षक अभिभावक संघका समेत रहनुभएका रिजालले उपलब्ध गराउनुभएको सेनेटरी प्याडले विद्यालयका छात्राहरुलाई राहत पुग्ने भन्दै विद्यालयका प्रअ सुवेदीले धन्यबाद ज्ञापन गर्नुभयो ।

विद्यालयमा महिनावारी भएको अवस्थामा शिक्षिकालाई मागेर छात्राहरुले प्याड प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या समाधानका लागि सरकारले यस वर्षदेखि विद्यालयमा निशूल्क सेनेटरी प्याड उपलब्ध गराउने कार्यक्रम बनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: