कपडा तथा फेन्सी ब्यवसायीमा नयाँ नेतृत्व

बेनी, ३० कात्तिक । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।

अधिवेशनले रवीप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय संघको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा तुलसीनाथ सुवेदी (रामप्रसाद), सचिवमा दमोदर शर्मा, कोषाध्यक्षमा राजुप्रसाद सुवेदी र सहसचिवमा देवीप्रसाद शर्मा (डिपी) चयन हुनुभएको छ ।

सदस्यहरुमा इन्द्रप्रसाद सुवेदी, भिमकुमारी भण्डारी, माधव आचार्य, कृष्ण बोगटी (सन्तोष), प्रकाश सापकोटा र रमेश प्रसाद चापागाई रहनुभएको छ । संघका अध्यक्ष सुवर्ण रिजालको अध्यक्षता, सचिव तुलसीनाथ सुवेदी (रामप्रसाद)को सञ्चालन र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नयाँ कार्यसमितिले फेन्सी व्यवसायीको समस्या समाधान र हकहितका लागि सरोकारवालाहरुसंग छलफल तथा समन्वय गर्ने प्रतिवद्धता जनाएको छ । साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले करको तनावमा नपर्न आग्रह गर्दै अण्डर बिलमा आएका सामानको खरिद बिल राख्न र बिक्रीको विवरण राख्न सुझाव दिनुभयो ।

सरकाले ल्याएको नीति कार्यान्वयन गर्नु नागरिकको दायीत्व भएकाले अव्यवहारिक नीतिलाई सुधार गर्न उद्योग वाणिज्य महासंघले पहल गरेको बताउदै नयाँ तरिकाले व्यवसाय सञ्चालन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: