बेनी संजिवनीद्धारा बालगृहमा स्वास्थ्य परिक्षण

बेनी, ३० कात्तिक । बेनीको न्युरोडमा सञ्चालित बेनी संजिवनी हेल्थ क्लिनिकले शनिबार नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेको छ ।

बालगृहमा आश्रित १३ जना अनाथ बालबालिका, कर्मचारी र संगठनका पदाधीकारीहरुको निशूल्क स्वास्थ्य परिक्षण, रक्त समूह पहिचान र औषधि वितरण गरिएको क्लिनिकका सञ्चालक कुमार बानियाले बताउनुभयो ।

क्लिनिकका पार्टटाइम डाक्टर रबिकान्त शाह र ल्याब टेक्नीसियन समेत रहनुभएका सञ्चालक सिताराम श्रेष्ठले सेवा दिनुभएको थियो । नेपाल बाल संगठन म्याग्दीका सभापति नेत्रबहादुर महतको अध्यक्षता र बालगृहका पूर्व प्रमुख बद्रिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बेनी नगरपालिकाको मापदण्ड अनुसार स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण सम्बन्धी निर्देशिका २०७५ बमोजिम हालै स्थापना भएको क्लिनिकले पहिलो पटक सामाजिक उत्तरदायित्व अन्तरगत बालगृहमा कार्यक्रम आयोजना गरेको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: