बेनीमा प्रकटको गजल वाचन

बेनी, २९ कात्तिक । प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’को शुक्रबार बेनीमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।

युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य सञ्चारको सहआयोजनामा भएको कार्यक्रम गजलकार पंगेनीको प्रणयमा प्रकट अभियानको २१ औ संस्करण हो ।

कार्यक्रममा पंगेनीले दर्जनो प्रेमिल गजल, मुक्तक बाचन गर्नुभएको थियो । ब्याख्या सहित पंगेनीले गर्नुभएको गजल वाचन सुन्न र हेर्न उद्योग वाणिज्य संघको सभाहलमा दर्शकहरु उपस्थित भएका थिए ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको प्रमुख आतिथ्यतामा भएको गजल वाचनमा सुरक्षा अधिकारी, प्रध्यापक, व्यवसायी र विद्यार्थीहरुको उपस्थिति थियो ।

म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दिप खत्रीको सञ्चालन, युवा सञ्जालका अध्यक्ष सन्दिप शर्मा रिजालको अध्यक्षता र दिपक शर्माको स्वगत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

म्याग्दी साहित्य सञ्चारले साहित्यकार, गजलकार र कविहरुलाई जिल्लामा ल्याएर उनिहरुको प्रस्तुति आयोजना गर्दै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: