कृषकलाई घासको विउ वितरण

बेनी, २६ कात्तिक । बेनी नगरपालिकाको पशु सेवा शाखाले कृषकहरुलाई निशूल्क घाँसको विउ वितरण गरेको छ ।

हिउदको समयमा गाईभैसी र बाख्राका लागि आहरा आपुर्ति सहजताका लागि निशूल्क घाँसको विउ वितरण गरिएको शाखाले जनाएको छ । १० क्विन्टल जै र एक क्विन्टल भेज घाँसको विउ वितरण गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले जानकारी दिनुभयो ।

७५ जना कृषकहरुलाई विउ उपलब्ध गराइएको छ । हिउँदको समयमा गाइबस्तुको आहरा आपुर्ति सहज बनाउन हिउदे घाँस खेति गर्न सकिन्छ । पाँच किलो देखि ४५ किलोसम्म पालेका पशुको संख्याको आधारमा विउ उपलब्ध गराइएको छ ।

जैघाँस दुई देखि तीन पटक काट्न सकिन्छ । घतानमा उत्पादन भएको पाँच क्विन्टर र छ क्विन्टल बागलुङबाट ल्याएर वितरण गरिएको छ । यसैगरी नगरपालिकाले पशुपालक कृषकहरुलाई विभिन्न शिर्षकमा अनुदान उपलब्ध गराउने भएको छ ।

जसका लागि कृषकहरुबाट आवेदन संकलन भइसकेको प्राबिधिक गौतमले बताउनुभयो १० वटा खोर तथा गोठ सुधारका लागि पच्चिस हजारका दरले र प्रत्येक वडामा भकारो सुधार गर्ने पाँच जनालाई पाँच हजारका दरले र तीन जनालाई साझेदारीमा च्यापकटर खरिदमा अनुदान उपलब्ध गराउन ७५ हजार बिनियोजन भएको छ ।

समूहमा तीन वटा उन्नत बोयर बोका वितरण गर्न एक लाख दश हजार, ५ वटा मिल्क क्यान वितरण गर्न पचास हजार, दूध संकलन केन्द्र स्थापना गर्न एक लाख र ६ वटा मत्स्य पोखरी सुधार मर्मत गर्न ६० हजार रुपैयाँ बिनियोजन भएको छ ।

प्राप्त आवेदनको फिल्ड अनुगमन र मूल्याङकन गरि अनुदान उपलब्ध गराइने भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: