गणेशमान जन्म जयन्ती मनाइयो

बेनी, २५ कात्तिक । नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १०५ औ जन्म जयन्ती बेनीमा पनि मनाइएको छ ।

नेपाली कांग्रेस म्याग्दीको बेनी स्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर आइतबार जन्म जयन्ती मनाइएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीको अध्यक्षता र सचिव मिनबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बेनपाका मेयर हरिकुमार श्रेष्ठ, पुर्व सहसभापति नेत्रबहादुर महत, जिल्ला सदस्य अजयमिलन श्रेष्ठ, प्रदेशसभा क्षेत्र (ख)का सभापति कमल छन्त्याल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अनुलनीय मानिन्छ । सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापना गर्नुभएको थियो । उहाँ नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: