सर्वोदय माविले स्कुल बस चलाउने, देउसीभैलो खेलेर पाँच लाख संकलन

पोखरेबगर, २५ कात्तिक । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविले तिहार पर्वको अवसरमा देउसीभैलो खेलेर पाँच लाख रुपैयाँ संकलन गरेको छ ।

विद्यालयमा आइतबार अभिभावक भेलाको आयोजना गरेर देउसी भैलो कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । साथै सहभागी कलाकार, शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

विद्यालय बस सञ्चालन गर्ने उद्देश्यले सञ्चालित देउसीभैलो कार्यक्रमबाट पाँच लाख पाँच हजार ७४० रुपैयाँ संकलन भएको प्रअ किसन पुनले बताउनुभयो । देउसीभैलो सञ्चालन गर्न एक लाख पचास हजार रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले सर्वोदय माविको स्कुल बस सञ्चालनका लागि पालिकाबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । विद्यालयको शैक्षिक विकास तथा निजी स्रोतका शिक्षकको तलब व्यवस्थापनका लागि बजेट व्यवस्थापनको तयारी गरेको बताउनुभयो ।

गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको गुणस्तर बृद्धी, दरबन्दी मिलान, भौतिक पुर्वाधार निर्माण संगै निजि स्रोतका शिक्षक व्यवस्थापनका लागि आवश्यक नीति, योजना निर्माण तथा बजेट विनियोजन गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष ओमप्रसाद फगामीले देउसी भैलो संचालनबाट संकलन भएको रकम सही सदुपयोग गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनको अध्यक्षता तथा शिक्षक नविन पुनको संचालन तथा मुरारी पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा देउसी भैलो संयोजक श्याम राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैगरी सोही कार्यक्रमको अवसरमा किम्ला खर्क सामुदायीक वनउपोभोक्ता समेतिबाट ५५ हजार ५ सय ५५ रुपैयाँ, मितेरी आमा समुह ठुलो बगरबाट २० हजार रुपैयाँ तथा शिक्षक शिक्षीका अन्य समाजसेविहरुको तर्फबाट गरी एक लाख ८० हजार रुपैयाँ संकलन भएको देउसी भैलो संयोजक रानाले जानकारी दिनुभयो । टाढाका विद्यार्थीहरुलाई विद्यालय आउन जान सहज होस भनेर स्कुल बस चलाउने तयारी गरेको विद्यालयले जनाएको छ ।

साथै सोही कार्यक्रमको अवसरमा कोरियन टेलिकमले प्रदान गरको प्राथमिक उपचार सामग्री राखिएको ब्याग जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत सामाजिक व्यत्तित्वहरुलाई वितरण गरिएको थियो ।

तस्बिर सुरेन गुरुंग, पोखरेबगर

Leave a Reply

Scroll to Top
%d bloggers like this: