मोवाइल सेवा विस्तार भएपछि ताङ्गयामा खुसीयाली

जोमसोम, २५ कात्तिक ः  मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्गया गाउँमा मोवाइल फोन सेवा विस्तार गरेको छ ।

सरकारी स्वामीत्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले ताङग्यामा बिटिएस टावर स्थापना गरेर मोवाइल सेवा विस्तार गरेको हो । ३५ घरधुरीको बसोबास रहेको ताङ्गया गाउँमा आइतबारदेखि मोवाइल फोन सेवा सुरु भएको नेपाल टेलिकम जोमसोमका कर्मचारी महेन्द्र गुरुङले बताउनुभयो ।

विद्युत सुबिधा नभएकाले सौर्य उर्जा जडान गरेर टावरमा विद्युत आपुर्ति गराइएको छ । यसअघि यहाँका बासिन्दाहरु सञ्चार सुबिधाबाट बञ्चित थिए । फोन गर्न अग्ला डाँडा र टावरले टिप्ने छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता हटेको छ ।

सूचना आदानप्रदान र सम्र्पक गर्न सहज भएको छ । मोवाइल सेवाको लोघेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष बिष्टले ताङ्गयामा यसै वर्षभित्र केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारको काम अघि बढेको बताउनुभयो ।

मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको ध्ये र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङता गाउँमा अझै सञ्चार सुबिधा पुगेको छैन् । यर्स वर्षभित्र यी बस्तिमा मोवाइल फोन सेवा विस्तार गरिने नेपाल टेलिकम जोमसोमले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: