म्याग्दी खोलामा जिप खस्दा दुई जना घाइते

बेनी, २४ कात्तिक । बेनी–दरवाङ सडक अन्तरगत बेनी नगरपालिका–४ सिंगाको घुमाउने भिरबाट जिप खोलामा खस्दा दुई जना घाइते भएका छन् ।

दरवाङ देखि बेनी आउदै गरेको बा १६ च ८११० नम्बरको बोलेरो जिप शनिबार राती १०.२० बजेको समयमा सडकबाट म्याग्दी खोलामा खसेको थियो ।

दुर्घटनामा मंगला गाउँपालिका–२ सिमलचौरका अन्दाजी ३० वर्षका सुन्दर खड्का र ३० वर्षका ललीत बानिया घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताउनुभयो ।

बेनी अस्पतालमा उपचार गराइरहेका उनिहरुको टाउको र खुट्टामा चोट लागेको छ । खतरामुक्त रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

तातोपानी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक त्रिलोचन पौडेल नेतृत्वको टोलीले घाइतेको उद्धार गरेर बेनी पठाएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: