कार्की र पौडेललाई मोना कतारद्धारा सम्मान

बेनी, २३ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को गत महिना घोडेपानीमा भएको तेस्रो महाधिवेशनबाट निर्वाचितलाई मोना कतारले सम्मान गरेको छ ।

मोना कतारका संरक्षक बिक्रम कार्की मोनाको महासचिव र प्रमुख सल्लाहकार रमेश पौडेल सचिव पदमा चयन हुनुभएको थियो । मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मोनाका महासचिव कार्की र सचिव पौडेललाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा महासचिव कार्की र सचिव पौडेलले खाडी मुलुकमा रहेका म्याग्देलीहरुलाई आइपर्ने समस्या समाधानका लागि संस्थागत रुपमा सहयोग र समन्वय गरिने बताउनुभयो । मोना आइसीको हरेक कार्यक्रममा मोना कतारले सक्रिय सहभागिता जनाउदै आएको छ ।

मोना कतारका सचिव भुमिश्वर सापकोटाको सञ्चालन, प्रथम उपाध्यक्ष नगेन्द्र फगामीको स्वागतमा सम्पन्न कार्यक्रममा सल्लाहकार गम सेञ्चुरीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सन २००३ मा स्थापना भएका म्याग्दी सेवा समाज पछि मोना कतारमा रुपान्तरण भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: