भलिबल संघद्धारा खेलाडी सम्मान

बेनी, २२ कात्तिक । जिल्ला भलिबल संघ म्याग्दीले शुक्रबार अन्नपूर्ण गाउँपालिका–१ दोवाका दुई जना अग्रज खेलाडीहरुलाई सम्मान गरेको छ ।

राष्ट्रिय खेलमा सहभागि भएर उत्कृष्ट प्रर्दशन गरेका दोवाका गोविन र खगिन चोचाङ्गीलाई सम्मान गरिएको संघले जनाएको छ । उहाँहरुले भलिबल टे«निङ सेन्टर हुदै म्याग्दी जिल्लाको प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो ।

म्याग्दीमा भलिबल खेलको विकास र जिल्लालाई चिनाउन गरेको योगदानको कदर गर्दै चोचाङ्गीद्धयलाई सम्मान गरिएको संघले जनाएको छ । मनिबराह युवा क्लवका अध्यक्ष खगेन्द्र गर्बुजाको अध्यक्षता र वडा अध्यक्ष दिलीप गर्बुजाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा सदस्य तथा सम्मानित खेलाडीका दिदी दिलकुमारी गर्बुजा लगायतले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा भलिबल संघका मुना केसी, खड्ग केसी लगायतको उपस्थिति थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: