जनगायक शर्माका छोराको उपचारमा बेनीका व्यवसायीको सहयोग

बेनी, २१ कात्तिक । जनगायक जिवन शर्माका छोरा अमृतको उपचारका लागि बेनीका तीन जना ब्यवसायीले बिहीबार आर्थिक सहयोग गर्नुभएको छ ।

जटिल रोगले थलिएर काठमाडौको त्रिवि शिक्षण अस्पतालमा उपचाररत अमृतको लागि बेनीको सिर्जना म.म. रेष्टुरेन्टका सञ्चालक गोपाल पौडेल, भिम एण्ड ब्रर्दशका सञ्चालक तारानाथ रेग्मी र नमस्ते म्याग्दी डिजिटल फोटो स्टुडियोका सञ्चालक कृष्णराज पौडेलले सहयोग गर्नुभयो ।

तीन जनाले जनही पाँच÷पाँच हजार रुपैयाँ संकलन गरेर शर्माका आफन्त जिवन आचार्यको ग्लोवल आइएमई बैंकको खातामा जम्मा गरिएको कृष्णराज पौडेलले जानकारी दिनुभयो । जनवादी गायक शर्माको परिवारमा आइपरेको दुखमा साथ दिन सहयोग गरेको व्यवसायीहरुले बताउनुभयो ।

थोरै भएपनि उपचारमा सहयोग र राहत मिलोस भनेर सहयोग गरेको उहाँहरुले बताउनुभयो । अमृत जिवन शर्माका माइला छोरा हुन् । दसैंको समयमा मासु खाने क्रममा अन्ननलीमा अड्कीदा अमृत जटिल बिरामी पर्नुभएको छ ।

अमृतको उपचारमा पचास लाख खर्च हुने बताइएको छ । गायक शर्माको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि अपिल गर्नुभएको छ । विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गर्ने क्रम जारी छ । यसअघि बेनीका फोटो ब्यवसायी भोजबहादुर रिजालले आफ्नो जन्मदिनको अवसर पारेर अमृतको उपचारका लागि सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: