बेनीमा विद्यार्थी संगठनको बिरोध

बेनी, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले बेनीमा नेपाली भुगोल कालापानी र लिपुलेक समेटेर भारतले प्रकाशन गरेको नक्सा जलाएका छन् ।

“गो ब्याक इन्डिया” लेखिएको कालो ब्यानर सहित बेनीको क्याम्पसचोकमा बिरोध सभा आयोजना गरेका थिए । भारत विरुद्ध नारा लगाउदै बजारमा बिरोध प्रर्दशन गरेका थिए ।

विद्यार्थी नेताहरुले भारतले एकपक्षीय रुपमा नेपाली भूगोल समेटेर बनाएको नक्सा नसच्चाए आन्दोलन चर्काउने चेतावनी दिए । उनिहरुले नक्सा सच्चाउनका लागि तत्कालै कुटनीतिक पहल गर्न सरकारसंग माग गरेका छन् ।

अनेरास्ववियुका नेताहरु सुवास विश्वकर्मा, सुदिन पौडेल, इश्वर सुवेदी र गणेश सुवेदीले बिरोधसभालाई सम्बोधन गरेका रेशम कटुवालले जानकारी दिनुभयो । परराष्ट्र बुधबारनै नक्साको विषयमा सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण गराउदै कालापानी नेपालकै भएको स्पष्ट पारेको छ ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुङ्गाउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: