कुमारी बैङ्कको बेनी शाखामा एटिएम सेवा थप

बेनी, १९ कात्तिक । कुमारी बैङ्क लिमिटेड बेनी शाखामा एटिएम सेवा थप भएको छ । सेवा ग्राहीलाई अत्याधुनिक प्रबिधिको प्रयोगबाट छिटो, छरिटो र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप एटिएम थप गरेको शाखाले जनाएको छ ।

मंगलबारदेखि बेनीमा कुमारी बैङ्कको एटिएम सेवा थप भएको शाखा प्रबन्धक दिपक बस्नेतले जानकारी दिनुभयो । एटिएम सेवा भएपछि सेवाग्राहीले कार्यालय बन्द भएको समयमा पनि पैसा झिक्न पाउने सुबिधा हुन्छ ।

चेक साट्न काउन्टरमा पुग्न पर्दैन् । बेनीको क्याम्पसचोकमा कुमारी बैङ्कको शाखा छ । विगत १८ वर्षदेखि निरन्तर बैकिङ सेवा दिदै आएको कुमारी बैङ्कको देशभर करिब १०० एटिएम काउन्टर छन् ।

१०७ वटा शाखा, ८ शाखारहित बैङ्किङ इकाई र ३ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेको छ । बेनी शाखाले म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिका क्षेत्रमा बचत, ऋण लगानी, रेमिटेन्स लगायत सेवा दिदै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: