म्याग्दीका शेरचन गण्डकी प्रदेशको प्रमुखमा नियुक्त

बेनी, १८ कात्तिक । सरकारले सोमबार सातै वटा प्रदेशमा प्रमुख नियुक्त गरेको छ । आइतबार पदमुक्त गरिएका प्रदेश प्रमुखहरुको ठाउँमा सोमबार उनिहरुलाई नियुक्त गरेको हो ।

गण्डकी प्रदेशको प्रमुखमा म्याग्दीमा जन्मनुभएका अमिक शेरचन नियुक्त हुनुभएको छ । ७६ वर्षीय शेरचन २००० सालमा म्याग्दीको ओखरबोट (हाल मालिका गाउँपालिका–४) मा जन्मनुभएको थियो । दश छोरा र एउटी छोरी मध्य पाँचौ सन्तानका रुपमा अमिकको जन्म भएको थियो ।

हाल चितवनमा बस्दै आउनुभएका शेरचन १५ वर्षको किशोर अवस्थामै राजनीतिमा सक्रिय हुनुभएको थियो । उहाँले १७ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । पछिल्लोपटक पार्टी अनुशासन आयोगको नेतृत्वमा रहेर काम उहाँ दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री बन्नुभएको थियो ।

कम्युनिस्ट आन्दोलनभित्रका इमानदार नेताको छवि बनाएका शेरचनले बुटवल हाइस्कुलबाट एसएलसी गर्नुभएको थियो । आईए पढ्दापढ्दै छाडेर राजनीतिमा होमिनुभएको थियो । २०२१ सालमा उनी पार्टीको जिल्ला कमिटी सदस्य हुनुभएको थियो । २०३८ सालमा केन्द्रीय समितिमा पुगिसक्नुभएको थियो । तर केन्द्रीय समितिको औपचारिकता भने ४० सालमा भएको थियो ।

०४४ सालमा शेरचन पार्टी पोलिटब्युरो सदस्य बनेका शेरचन ०४७ सालमा संयुक्त जनमोर्चाका ९ सांसदमध्येका एक सांसद हुनुहुन्थ्यो । यस्तै ०५२ सालमा संयुक्त जनमोर्चाको अध्यक्ष हुनुभएको थियो । २०५७ मा जनमोर्चा नेपाल (राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चाबीचको एकतापछि) अध्यक्ष हुनुभएको थियो ।

उहाँ तत्कालीन माओवादीसँग पार्टी एकता नगर्दासम्म २०६५ सालसम्म जनमोर्चा अध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि स्थायी समिति सदस्य हुँदै शेरचन पछिल्लो समय पार्टी अनुशासन आयोगमा हुनुहुन्थ्यो । ०६२÷०६३ को जनआन्दोलनका बेला उहाँ तत्कालीन सात दलमध्येको एउटा दलका कमान्डर हुनुहुन्थ्यो ।

माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन उहाँको भूमिका पनि प्रमुख थियो । उहाँले पटकपटक जेल जीवन बिताउनुभएको छ । २०४२ सालमा पञ्चायती सरकारले उहाँलाई म¥यो भनेर समेत फालिदिएको थियो । २०३६ साल ०४६ सालको आन्दोलनमा पनि शेरचनको भूमिका महत्वपूर्ण थियो । तत्कालीन एमाले महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनापछि शेरचन ‘हत्या’ भएको भनी आन्दोलनमा लाग्नुभएको थियो । त्यसबेला पनि उहाँमाथि आक्रमण भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: