महिन्द्राको एडभेञ्चर मुस्ताङ टुर

बेनी, १८ कात्तिक । सवारी साधन उत्पादन गर्ने भारतीय कम्पनी महिन्द्राको एडभेञ्चर मुस्ताङ (टुर) साहसिक यात्राको टोली सोमबार म्याग्दीमा आइपुगेको छ ।

कम्पनीले तयार गरेका गाडीहरुको प्रचारप्रसारका साथै कर्मचारी र बिक्रेताहरुको भ्रमणका लागि लागि भारत देखि मुस्ताङको लोमान्थाङ सम्म साहसिक यात्राको आयोजना गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२०को अवसरमा महिन्द्रा कम्पनीले एडभेञ्चर मुस्ताङ टुरको आयोजना गरेको महिन्द्राको गण्डकी धौलागिरि डिलर बतास ब्रर्दश कम्पनिका डिलरसिप प्रमुख सरोज पौडेलले बताउनुभयो ।

भ्रमण टोलीमा सहभागिहरुलाई सोमबार रारा अटोमोवाइल्सले पर्वत बेनीमा स्वागत गरेको छ । रारा अटोमोवाइल्स महिन्द्रा कम्पनीको धौलागिरिमा अधिकृत बिक्रेता हो । रारा ग्रुपका अध्यक्ष हरि भण्डारी र कर्मचारीहरुले भ्रमण टोलीका सदस्यहरुलाई फुल माला लगाएर स्वागत गर्नुभएको थियो ।

महिन्द्राको स्कारपीयो र थार मोडलका १९ वटा गाडीमा ३८ जना भ्रमणमा आएका छन् । महिन्द्रा कम्पनीले बोलेरो र स्कारपियो जिप, थार, ट्याक्टर, बस, ट्रक, विद्युतीइ गाडी उत्पादन गर्छ । धौलागिरिलाई महिन्द्रा कम्पनिले हाइजेष्ट सेलिङ जोन भएको दावी गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: