बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

सन्तोष गौतम
म्याग्दी, १७ कात्तिक ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटनाहुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ ।

तीन जनाको शव बसले च्यापेको र एक जनाको शव निकालिएको प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताउनुभयो । सडकबाट करिब दुई सय मिटर तल अर्को घुम्ती पछिको सडकमा बस खसेको छ । साँझ साढे ६ बजेतिर दुर्घटना भएको हो । तीन जना महिला र एक जना बालकको मृत्यु भएको हो । उनिहरुको पहिचान भएको छैन् ।

घाइतेहरुलाई उपचारका लागि दरवाङ प्राथमिक केन्द्रमा उपचारका लागि पठाइएको छ । घाइतेको एकिन संख्या प्राप्त नभइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताउनुभयो । स्थानीयबासी र सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।

बेनीबाट बिमका लागि छुटेको बस दरवाङमा पुगेर बिग्रीएपछि यात्रुलाई दुर्घटना भएको बसमा चढाएर बिम पठाइएको थियो । दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: