अबिरल घिमिरेले जापानमा कोरे अर्को हतिहास

काठमाडौं, १७ कात्तिक । नेपालका खेलाडी एवं हिमाली चितुवा नामले परिचित अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् ।

लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आज जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका छन् ।

उनले २८ वर्षीय जापानिज खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा नै पराजित गरेका हुन् । काठमाडौंका चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई २ मिनेट ३० सेकेण्डमा नै पराजित गरेका थिए ।

अबिरल नेपालमा चर्चित किक बक्सिङ करातेका पूर्व चर्चित खेलाडी देव घिमिरेको पुत्र हुन । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: