एमसीसी विरूद्द नेपाली यू-१९ टिम ३८ रनले पराजित

एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपाली टिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो । नेपालका लागि विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक ५१ रन बनाए भने कप्तान ऋत गौतम ४३ रनमा आउट भए ।

नेपालका लागि अरुण ऐरी र आकाश चन्दले ३०–३० तथा खडक बोहराले २५ रन जोड्दा लोकेश बम १४ रनमा पेभेलियन फर्किएका थिए । विशाल केसीले १३ रन बनाउँदा कुशलम मल्लले ६ रनको योगदान गरेका थिए । प्रतिश जिसीले ४ रन बनाएका थिए ।

अन्तिमसम्म क्रिजमा शेर मल्ल २८ तथा सागर ढकाल १ रनमा नट आउट रहे ।

टस हारेर पहिला ब्याटिङ गर्न उत्रिएको एमसीसीले त्रिवि क्रिकेट मैदानमा निर्धारित ओभरमा एमसीसीले ७ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो । नेपाल यु १९ विरुद्ध शानदार सुरुवात गरेको एमसीसीले १५ ओभरमा एक सय रन पार गरेको थियो ।

एमसीसीको रन गतिमा नेपालका सागर ढकालले ब्रेक लगाएका थिए । सागरले २२ रन बनाएर खेलिरहेका विलि गोल्डमेनलार्य २२ रनमा आउट गर्दै पेभेलियन पठाए । त्यसपछि क्रिजमा रहेका विल रोड्स र टम वेस्लेले पारि अघि बढाएका थिए । विल रोड्सलाई शेर मल्लले आउट गरेका थिए । विल रोड्स ९३ रन बनाएर आउट भएका हुन् । त्यस लगत्तै तेस्रो सफलता पनि नेपालले प्राप्त गर्न सफल भयो ।

फोटो: नेपाली क्रिकेट टिम एमसीसीविरुद्ध फिल्डिङ गर्दै

शेर मल्लले जिमी एडम्सलाई पहिलो बलमा खाता नै नखोली पेभेलियनको बाटो देखाए । सागर ढकालले ३७ औं ओभरको खेलमा सागर ढकालले विल भान्डरस्पारलाई २४ रनमा आउट गरे । छैटौं विकेटको रुपमा आकाश चन्दले माइल्स ह्यामोण्डलाई ५३ रनमा आउट गरे । सातौं विकेटको रुपमा विकेटकिपर हरिबहादुर चौहानले क्यालम ज्याक्सनलाई आउट गरेका थिए । डाइरेक्ट हिटमा आउट भएका ज्याक्सनले २ रन मात्रै बनाउन सके । उनी आउट हुँदा एमसीसीले ३ सय रन पार गरेको थियो ।

एमसीसीका एडवार्ड जर्स क्रिस्टोफर योङ ४५ तथा यासिर आराफात ४ रनमा नट आउट रहे ।  नेपालका सागर ढकाल र शेर मल्लले दुई दुई विकेट लिँदा कुशल मल्ल र आकाश चन्दले एक–एक विकेट लिएका छन् । एमसीसीसँग सोमबार नेपालको सिनियर टिमले एक दिवसीय प्रतियोगिता खेल्ने छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: