एमसीसीविरुद्ध नेपाल यू-१९ पहिलो फिल्डीङमा

काठमाडौं  – नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको सामना गर्दैछ । विहान ९:३० बजे सुरु हुने खेलका लागि नेपालले टस जितेर फिल्डीङ रोजेको छ ।

टसमा नेपाल यू-१९ का कप्तान रित गौतम र एमसीसीका कप्तान जिमी एडम्स उपस्थित थिए । यसैगरी खेलमा नेपालका तर्फबाट बुद्धिबहादुर प्रधान र एमसीसीका पनि एक अम्पायर रहनेछन् । खेल ५० ओभरको हुनेछ ।

नेपाल यू-१९ : रित गौतम (कप्तान), लोकेश बम, हरि चौहान (विकेटकिपर), खडक बोहोरा, विशाल केसी, अरुण ऐरी, कुशल मल्ल, प्रतिश जिसी, शेर मल्ल, आकाश चन्द, सागर ढकाल

एमसीसी : जिमी एडम्स (कप्तान), विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एड योङ, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन-डाल्बी

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: