लोकदिप सहकारीको अध्यक्षमा गौतम

बेनी, १६ कात्तिक । लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनीको शनिबार सम्पन्न छैटौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ, सचिव ओमप्रसाद शर्मा र कोषाध्यक्षमा देबेन्द्र पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा अर्जुन पौडेल, शर्मिला जोशी श्रेष्ठ, प्रकाश सुबेदी, भिमनाथ शर्मा, कुमार ढुंगाना, भागीरथ आचार्य र गोविन्दप्रसाद रिजाल चयन हुनुभएको छ ।

कमल प्रसाद ढुङगानाको संयोजकत्वमा लक्ष्मण शर्मा र सञ्जन चौधरी सदस्य रहनुभएको लेखा समिति गठन भएको छ । आ.ब. २०७५÷०७६ मा रु. ७ करोड ७७ लाख छ हजार १२६ लगानी, आठ करोड ३१ लाख २ हजार ४४४ बचत, १० करोड रेमिट्यान्स सहित ३० करोड कारोबार गरेको संस्थाले जनाएको छ ।

साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानी गर्न जोड दिनुभयो । सहकारीमार्फत एउटा शिर्षकमा ऋण लिएर घरायसी तथा अन्य प्रयोजनमा खर्च गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने अभियानमा समेत प्राथमिकता दिनुपर्नेब बताउनुभयो ।

बेनी नगरपालिका भित्र रहेका सहकारीले एकल तथा सामुहिक लगानीमा कृषि, पशुपालन लगाएत उत्पादनमुखी क्षेत्रमा ग्रामिण केन्द्रित लगानी गर्नुपर्ने बताउनुभयो । साधारणसभाको अवसरमा सहकारी संघ म्याग्दीकी सचिव ज्योति लामिछाने पौडेलले आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहकारीमार्फत सम्भव भएकाले बेरोजगारीको अन्त्य र गरिबी निवारणमा सहकारीले भूमिका खेलेको बताउनुभयो ।

उहाँले सहकार्यको अभावमा सहकारीमा खराव मानसिकता भएका सेवाग्राहीले समस्यामा पार्ने गरेको बताउँदै सहकारी संघमा आवद्ध भएर अगाडी बढ्न अनुरोध गर्नुभयो । साधारणसभामा सेयर सदस्यको तर्फबाट विष्णुकुमारी गौतमले मन्तब्य राख्नुभएको थियो भने बेनपा १ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलको समेत उपस्थिीति रहेको थियो ।

सोही अवसरमा मृगौला पीडित बेनी नगरपालिका वडा नं ५ का सेयर सदस्य डेकनाथ शर्मालाई १० हजार र आगलागी पीडित भिमनाथ उपाध्यायलाई ५ हजार सहयोग हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा सेयर सदस्यमार्फत उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट ऋणी तथा वचतकर्तासहितलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव ओमप्रकाश शर्माले वार्षिक प्रतिवेदन, लेखा समिति कमलप्रसाद ढुंगानाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: