मंगला युथ क्लवको सक्रियतामा आगोलागी पिडितलाई सहयोग

राजकुमार पाण्डे
बाबियाचौर, १६ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको मंगला युथ क्लवको सक्रियतामा आगोलागी पिडितलाई सहयोग गरिएको छ ।

मंगला गाउँपालिका–३ सिमकुनाका आगोलागी पिडित भिमबहादुर थापालाई क्लवको सक्रियतामा बाबियाचौर बजारमा संकलन गरिएको २१ हजार ८४५ रुपैयाँ शनिबार हस्तान्तरण गरिएको हो ।

क्लवका बरिष्ठ सल्लाहकार बेलबहादुर केसी, कोषाध्यक्ष सुवा विश्वकर्मा र सहसचिव राजकुमार पाण्डेले थापालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

कात्तिक १३ गते विद्युत सर्ट भएर थापा बस्दै आएको भिमबहादुर रोकाको घर जलेर नष्ट भएको थियो । आगोलागीबाट घरमा भएका लत्ताकपडा, खाद्यान्न, फर्नीचर लगायत सामग्री जलेर क्षति भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: