तरुण दल र नेविसंघका कार्यकर्ताद्धारा सरसफाई

बेनी, १४ कात्तिक । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बेनी नगरपालिका–२ खबरा स्थित पर्यटकीय स्थल लभ्लिहिलको बिहीबार सरसफाई गरेका छन् ।

तरुण दलको बेनी नगरपालिका ७ का अध्यक्ष सोहन श्रेष्ठ (विश्वास)को संयोजकत्वमा लभ्लिहिल घुम्न गएका पाहुनाहरुले फालेका फोहोर संकलन गरि व्यवस्थापन गरेका हुन् ।

१५ बोरा फोहोर संकलन गरेर जलेश्वरमा रहेको डम्पीङ साईडमा लगेर नै नष्ट गरेका छन् । ‘लभ्लीहील पुगेपछी बेनी बजार जती सुन्दर देखीन्छ त्यो सुन्दरतालाई त्यहाँको फोहोरले सुन्दरता माथी नै प्र्रश्न उठ्न थालेपछी सरसफाई गरिएको हो,’ श्रेष्ठले भन्नुभयो ।

सरसफाइमा नेपाली काँग्रेस म्याग्दीका सहसचिव भरत रकाल, तरुण दल म्याग्दीका सचिव सुमन बानिया, नेविसंघका नेता निर्मल खत्री, तरुण दलको ९ नम्बर वडाका अध्यक्ष रामचन्द्र कार्की, जिल्ला सदस्य सिजन शाही, दिपेश बानियाको टोली सरसफाइमा खटिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: