म्याग्दीका खेतमा लहलह पहेलपुर धान झुल्यो (फोटो फिचर)

म्याग्दीका कृषकहरुलाई मुख्य खाद्यबाली धान भित्र्याउने चटारो परेको छ । दसै तिहार चाड मनाएसँगै कृषकहरु खेतबारीमा पाकेका धान र कोदो भित्र्याउन व्यस्त भएका हुन् ।

बुधबारदेखि मौसममा बदली भएपछि कृषकहरुमा चिन्ता थपिएको छ । ताकम, देविस्थान, कुहुँ, बरंजा, पात्लेखेत, भगवती, घार, ज्यामरुकोट, सिंगा, बाबियाचौर, बिम, मराङ लगायतका बस्तिका कृषकहरु धान र कोदो भित्र्याउन व्यस्त छन् ।

ग्रामिण क्षेत्रका युवा युवतीहरु रोजगारी, अध्ययन, पेशा ब्यवसाय र विभिन्न शिलशिलामा सहर तथा विदेशमा गएकाले खेतीबाली भित्र्याउन कृषि मजदुरको अभाव भएको छ ।

म्याग्दीको तीन हजार ८९७.५ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । म्याग्दीमा मकै पछि बढी क्षेत्रफलमा धानको खेती हुन्छ । उन्नत जातको प्रयोगले पनि उत्पादन वृद्धीमा योगदान गरेको छ ।

म्याग्दीमा छम्रुङ्ग, लुम्ले, खुमलदस, माछापुच्छ«े, दर्माली, आँगा, गुडुरा, गौरिया, जेठोबुढो, मार्सी, पहेँले, जर्नेली लगायत जातका धान खेती हुन्छ । गत वर्ष म्याग्दीमा १३ हजार मेट्रिक्टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

असिनाले क्षति पु¥याएको भकुण्डे, बरंजा र कुहुँ बाहेकका क्षेत्रमा धानको उत्पादन राम्रो भएको कृषकहरुले बताएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: