मंगलाको कस्केरीमा आगोलागीबाट एक घर जलेर नष्ट

बेनी, १३ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–३ कस्केरीमा बुधबार दिउँसो आगोलागी हुँदा एक वटा घर जलेर ध्वस्त भएको छ ।

भिमबहादुर रोकाको एक तले जस्तापाताले छाएको घर आगोलागीबाट पूर्ण रुपमा क्षति पुगेको हो । घरमै बसिरहेको अवस्थामा एक्कासी आगोलागी भएको भिमबहादुरले बताउनुभयो ।

विद्युत सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ । स्थानीयबासीहरुले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सफल हुन सकेन् ।

घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, फर्नीचरका सामग्री जलेर नष्ट भएको स्थानीय यामनाथ पौडेलले बताउनुभयो । बाबियाचौर प्रहरी चौकीको टोलीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेको थियो ।

आगोले घर जलेपछि रोकाको परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: