म्याग्दीका पुर्जाद्धारा हिमाल आरोहणमा किर्तीमान

बेनी, १२ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जाले सात महिनामा आठ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल चढेर विश्व किर्तिमान कायम गर्नुभएको छ ।

तिब्वतमा रहेको विश्वको चौथो (८,०२७मिटर) अग्लो सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सात महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका हुन् ।

उहाँ सोमबार सिसापङमा हिमालको चुचुरोमा पुग्नुभएको हो । चिनियाँ सरकारले सन २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोके पनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै विशेष अनुमति दिएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिनु भएका पुर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण शुरू गरेका थिए ।

बैशाखमानै म्याग्दीमै रहेको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको विना अक्सिजन आरोहण गर्नुभएको थियो । पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, लहोत्से, मकालु, च्होयो, मनास्लु, नाङ्गा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गर्नुभएको हो ।

आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठ भने नेपालमै पर्दछन । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन । हालसम्म विश्वमा कुनै पनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ ।

मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका पुर्जाको हिमाल आरोहणलाई “प्रोजेक्ट पोसिबल” परियोजना नाम दिइएको थियो । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरि चर्चा कमाउन सफल भएका छन ।

पुर्जाको आरोहण टोलीमा मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पालगायत छन् । ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली समेत हुनुहुन्छ । मार्च २०१९ मा बेलायती सेनाको जागिर छाडेर हिमाल आरोहण अभियान सुरु गर्नुभएको थियो ।

म्याग्दीमा रहेको आठ हजार मिटर अग्लो धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण गर्ने पुर्जा पहिलो जिल्लाबासी हुनुहुन्छ ।

यसअघि यो कीर्तिमान पोलयान्डका जेर्जी कुकुक्जाको नाममा थियो । जसले आठ वर्ष लगाएर सन् १९८७ मा सो चुनौति पूरा गरेका थिए । सन २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा उनले सगरमाथा चढ्ने अठोट गरेर आरोहीको रूपमा जीवन शुरू गरेका थिए ।

सन २००३ मा ब्रिटिस सेनामा भर्ती भएका पुर्जालाई सन २०१८ मा रानी एलिजावेथले एमबीई सम्मान प्रदान गरेकी थिइन् । संसारभरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् तीमध्ये।

मेमा सगरमाथा चढ्ने क्रममा पुर्जाले त्यहाँ खिचेको भिडको तस्बिरले संसारको ध्यान खिचेको थियो । उहाँले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गर्नुभएको थियो ।

उहाँले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढ्नुभएको थियो । सेप्टेम्बरमा उहाँको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो ।

नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उहाँले अक्टोबर १५ मा अनुमति पाउनुभएको थियो ।

पुर्जा चढेका हिमाल र आरोहण मिति
अन्नपूर्ण, नेपाल, एप्रिल २३
धौलागिरी, नेपाल, मे १२
कञ्जनजङ्गा, नेपाल, मे १५
सगरमाथा, नेपाल, मे २०
लोत्से, नेपाल, मे २२
मकालु, नेपाल, मे २४
नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
जी १, पाकिस्तान, जुलाई १५
जी २, पाकिस्तान, जुलाई १८
के २, पाकिस्तान, जुलाई २४
ब्रोड पिक, पाकिस्तान, जुलाई २६
चो यू, चीन, सेप्टेम्बर २३
मनास्लु, नेपाल, सेप्टेम्बर २७
शीशापाङ्मा, चीन, अक्टोबर २९

बिबिसीको सहयोगमा तयार पारिएको सामग्री

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: