बेनीमा नेपाल सम्वत ११४० को स्वागत

बेनी १२ कात्तिक । नेपाल संम्वत ११४० को स्वागतमा मंगलबार बेनीमा विबिध कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, ¥याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वतको नयाँ वर्षको स्वागत गरिएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात गराउनुभएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नेपाल सम्वतलाई राज्यले अपनत्व ग्रहण गर्नुपर्ने, सबैको साझा पर्वको रुपमा स्थापीत गरी शंखधर साख्वाको योगदानबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

उहाँले मौलिक कला, संस्कृति र रितिरिवाजको संरक्षणमा सबै जागरुक बन्नुपर्ने बताउनुभयो । संगमचोकदेखि सुरु भएको नेवार समुदायको झाँकी र परम्परागत भेषभुषा सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

सो अवसरमा २०७४ को एसईई परिक्षामा निजी र सामुदायिकतर्फ उत्कृष्ट अंक ल्याई उतिर्ण हुने २२ जना छात्रछात्रालाई सम्मान गरिएको थियो ।

नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शंखधर शाख्वाको योगदानको चर्चा गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: