तरुण दलद्धारा दृष्टिविहिनलाई सहयोग

बेनी, १० कात्तिक । नेपाल तरुण दल जिल्ला कार्य समिति म्याग्दीले ६६ औँ स्थापना दिवसको अवसरमा आइतबार बेनी नगरपालिका–२ का दृष्टिबिहीन लाई सहयोग गरेको छ ।

गिट्टी कुटेर परिवारको गुजरा चलाउँदै आएका बेनी नगरपालिका–२ फाँपरखेतका आईतबहादुर नेपाली र नरप्रसाद विकलाई २५ हजार बराबरको खाद्यान्न र नगद सहयोग गरेको हो ।

दुई जनालाई १८ हजार बराबरको दाल, चामल, तेल, नुन, लगाएतका खाद्यान्न र नगद ४÷४ हजार रुपैयाँ उपलब्ध गराएको तरुण दलका नेता विश्वास श्रेष्ठले बताउनुभयो ।

तिहार पर्व मनाउनका लागि सहयोग गरिएको उहाँले बताउनुभयो । तरुण दल बेनी नगर कमिटिका अध्यक्ष खड्ग केसी, जिल्ला सचिव सुमन बानिया लगायतको टोलीले फापरखेत पुगेर सहयोग वितरण गरेको थियो ।

दैनिकजसो विहानै ज्यालामजदुरीमा ब्यस्त हुने नेपालीको परिवारमा विहान बेलुकी हातमुख जोड्न, दुई छोराको शिक्षादिक्षा लगाएत विभिन्न समस्या छन् ।

कमजोर आर्थीक अवस्थाका कारण तिहार निकै खल्लो भएको नेपालीलाई सहयोगले केही भएपनी सहज हुने तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: