जापानमा १८ लाख डलरको हिरा चोरी

टोकियो — जापानको राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीको क्रममा १८ लाख अमेरिकी डलर बराबरको बहुमूल्य हिरा चोरी भएको छ । हिरा चोरी भएपछि जापानी प्रहरीले शुक्रबार खोजी कार्यलाई तीव्र बनाएको छ ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हिरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए। योकोहामा सहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हिरा चोरिएको हो।

यो हिरा करिब ५० क्यारेटको थियो। यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हिरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो।

ईकान्तिपुर

Leave a Reply

Scroll to Top
%d bloggers like this: